सिनेमा रिलिज नहुँदै स्टार भएका हुन् सलिन ?

सिनेमा रिलिज नहुँदै स्टार भएका हुन् सलिन ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । नेपाली सिने क्षेत्रमा स्टार कलाकार हुन् धेरै सिनेमा खेल्ने पर्दैन । यदि राम्रो व्यानर, निर्देशक र टिम छनोट गरेर आफ्नो क्षमता देखाउँन सके आगन्तुक कलाकारलाई दर्शकले पहिलो सिनेमाबाटै चिन्छन । र, स्टार बनाई दिन्छन ।

तर, ‘ए मेरो हजुर २’बाट डेब्यु गर्न लागेका नव-आगन्तुक सलिनमान बनियाँले भने सिनेमा रिलिज अगावै राम्रो क्रेज बनाईसकेका छन् । उनको यो क्रेज बन्नमा पहिलो त उनको कोरियन लुक्स र व्यक्तित्व महत्वपूर्ण रह्यो । सिनेमामा अनुवन्ध भएसँगै मिडियाको नजरमा परेका सलिन ‘ए मेरो हजुर २’को गीत र ट्रेलरबाट थप चर्चामा आए ।

पहिलो सिनेमामा साम्राज्ञी राज्य लक्ष्मी शाहसँग स्क्रिन शेयर गरेका सलिनलाई अहिले राइजिङ स्टारको रुपमा हेरिएको छ । सिनेमा रिलिज अगावै दर्शकल माँझ नोटिस भएका सलिन बाहिरी कार्यक्रममा पुग्ने बितिक्कै फ्यानहरुबाट घेरिन्छन । यस्तै रह्यो ‘ए मेरो हजुर २’को मोफसल दौडाह । मोफसलमा साम्राज्ञी, सलिन, सलोन लगायतका कलाकारसँग सिनेमा प्रचार गर्न पुगेकी निर्देशक झरनाले सलिनप्रति दर्शकीय क्रेज देख्दा अचम्मित परेको कुरा सुनाइन ।

झरनाले भनिन् ‘सिनेमा रिलिज अगावै यस्तो क्रेज र फ्यान फ्लोविंग कमाएको सलिनको अभिनय हेरेपछि अझ धेरै फ्यान बढ्नेमा दुई मत छैन । साचिकै लोभलाग्दो फ्यान फ्लोविंग !

झरना थापा आफैले अभिनयबाट हात झिकेर पहिलो पटक निर्देशन गरेको ‘ए मेरो हजुर २’ भदौ १६ गतेबाट अलनेपाल प्रदर्शन हुदैछ ।

ए मेरो हजुर २ को क्रेज:……..भिडियो

रिलिज मिति मुखमै आउँदा सिनेमाको हाइप निक्कै बढेको छ । सुनिलकुमार थापा निर्मित सिनेमालाई नेपाली बक्सअफिसमा चासोको रुपमा हेरिएको छ ।