‘रेनी’को स्याड भर्सन गीत सार्वजनिक

‘रेनी’को स्याड भर्सन गीत सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – आगामी शुक्रबार देखि प्रर्दशनमा आउने सिनेमा ‘रेनी’को स्याड भर्सन गीत सार्वजनिक गरिएको छ । ‘माया यो कस्तो माया…..’ बोलको गीतमा विनोद खम्बुको संगीत तथा गुरु भुटियाको शब्द रहेको गीतमा मेलिना राईको स्वर छ ।

शाही मल्ल फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई बिमला मल्ल र संजीव मल्लले मिलेर निर्माण गरेका हुन् । यो सिनेमाका निर्देशक गिरिश रिजालले निर्देशन गरेका हुन् । सिनेमामा सरोज खनाल, सनम मल्ल, दीपक ढकाल, सुरवीर पण्डित, रमेश लम्साल, बबिता लम्साल, टंक डुम्रे, गुरु भुटिया, बिजय तिखातारि लगायतका कलाकारले अभिनय गरेका छन् ।

सिनेमाकी स्क्रिप्ट राईटर र गीतकार समेत रहेकी नव-अभिनेत्री सनमले ‘रेनी’ मा मायाप्रेम, हाँसो, रोदन, द्वन्द्वका साथमा सामाजिक बिषयलाई प्रस्तुत गरिएको बताउँछिन् ।