रेखा र आर्यनको हिट जोडी सात बर्षपछी पुन: पर्दामा !

रेखा र आर्यनको हिट जोडी सात बर्षपछी पुन: पर्दामा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । सात वर्षपछि रेखा थापा र आर्यन सिग्देलसँगै पर्दामा देखिने भएका छन् । रेखा फिल्मसबाट बन्ने नयाँ फिल्म ‘रुद्रप्रिया’ मा रेखाको अपोजिटमा आर्यन पक्का भएका हुन् । बुधबार रेखा फिल्मसको कार्यालय बालुबाटारमा आर्यन उपस्थित थिए । ‘यसलाई सबैले सुखद मिलनको रुपमा लिनु होला’ आर्यनसँग हात मिलाउँदै रेखाले भनिन् ।


करिब सात वर्ष अघि प्रदर्शनमा आएको फिल्म ‘कसले चोर्यो मेरो मन’ पछि रेखा र आर्यनले फिल्ममासँगै काम गरेका थिएनन् । उनीहरुको बोलचाल समेत भएको थिएन । ‘उसँग मेरो व्यत्तिगत दुश्मनी कहिल्यै पनि थिएन, मैंले मिडियामा पनि केही पनि भनेको थिइँन्’ आर्यनले भने, ‘अहिले स्क्रिप्टले बोलायो । तपाईंहरुले सोचे जस्तो झगडा नै भएको भएपनि मैंले खेल्ने फिल्मको क्यारेक्टरसँग त झगडा परेको छैन नि ।’
यता रेखाले आर्यन र आफ्नो जोडी हलमा नआउँदा फिल्म क्षेत्रलाई नै घाटा लागेको बताइन् । ‘दर्शकहरुलाई पनि अपराध गरेको जस्तो लाग्यो किनभने हाम्रो जोडीलाई दर्शकले अत्याधिक रुचाउनु भएको थियो ।’ तत्कालिन रेखा फिल्मसबाट बनेको ‘किस्मत’बाट रजतटपमा अभिनेताको रुपमा डेव्यु भएका आर्यनले  रेखासंग ‘किस्मत’ सहित, ‘हिफाजत’ र ‘कसले चोर्यो मेरो मन’ जोडी भएर अभिनय गरेका छन् । यी फिल्मले बक्सअफिस सफलतासंगै आर्यन र रेखालाई थुप्रै अवार्ड समेत दिलाएका थिए ।

सुदिप बबी भूपाल सिंहको लेखन तथा निर्देशन रहने फिल्म ‘रुद्रप्रिया’ को छायाँकन आउँदो जेठ महिनाको पहिलो सातादेखि सुरु हुनेछ भने रिलिज कात्तिक २ गते लक्ष्मी पूजालाई तोकिएको छ । रमेश एमके पौडेल र सरस्वती थापा निर्माताको रुपमा रहेको फिल्ममा संजय लामाको छायाँकन, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत रहनेछ ।