‘रियल रिङगेट’मा निता र प्रमोद

‘रियल रिङगेट’मा निता र प्रमोद

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – देशमा चुनावी माहोल भैरहेको बेलामा सिनेमा ‘रियल रिंगेट’को भने पूर्वी नेपालमा धमाधम छायाँकन चलिरहेको छ । ‘चलेछ बतास सुस्तरी’ अभिनेता प्रमोद भारद्धाज र अभिनेत्री निता ढुङगानाले सिनेमा भित्र मुख्य भुमिका निर्वाह गरिरहेका छन् ।

पुराना चिफएडि दिपक अधिकारीले निर्देशन गरिरहेको सिनेमामा जिवन वेगाले लगानी गरेका छन् । वैदेशिक रोजगारीको कथामा निर्माण भैरहेको सिनेमा यतिबेला लेटाङमा छाँयाकनरत छ । भने, केही अंश इलाममा समेत छाँयाकन गरिने निर्देशक दिपक अधिकारीले बताए ।

७० लाखको बजेटमा निर्माण हुने सिनेमाको कथा, पटकथा, संवाद प्रदिप भारद्धाजले तयार पारेका हुन । सिनेमामा प्रमोद र निताका अलवा छुल्ठीम गुरुङ, धुब्र कोइराला लगायतका कलाकारको अभिनय रहनेछ । सिनेमामा विकाश चौधरी र बसन्त सापकोटाले संगीत भरेका छन ।