अलाउद्दीन ‘उर्फ’ रणवीर, ‘पद्मावती’ नयाँ पोस्टर यस्तो

अलाउद्दीन ‘उर्फ’ रणवीर, ‘पद्मावती’ नयाँ पोस्टर यस्तो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडको उदाउँदो स्टार रणवीर सिंह आफुलाई दिईएको भूमिकामा मेहनतले काम गर्छन । र, त्यो पर्दामा पनि अनुभूति गर्न सकिन्छ ।

त्यस्तै, भिन्न भूमिका र अवतारमा सिनेमा ‘पद्मावती’मा यी अभिनेता प्रस्तुत भएका छन् । जसको फस्टलूक पोस्टरबाटै निक्कै तारिफ पाईसकेका छन् । अब हेर्न बाँकी छ, रणवीर अवतारमा मात्र प्रभावशाली छन् की साचिकै भूमिकालाई निर्वाह गरेका छन् ।

संजयलीला भन्साली निर्देशित पिरियड ड्रामामा रणवीर अलाउद्दीन खिलजीको भूमिकामा छन् । जो हिंस्रक स्वभावका डरलाग्दा व्यक्ति थिए । डिसेम्बर १ को प्रदर्शन मिति नजिकिदै गर्दा रणवीर प्रस्तुत ‘पद्मावती’को नयाँ पोस्टर सार्वजनिक भएको छ ।

सिनेमामा दीपिका पादुकोण रानी ‘पद्मिनी’ र साहिद कपूर राजा ‘रत्नरावल’को भूमिकामा छन् ।

 

-SULTAN ALAUDDIN KHILJI- December 1st #Padmavati

A post shared by Ranveer Singh (@ranveersingh) on