कोंकणी -सिन्धी रितीरिवाज अनुसार बिहे गरेर पती-पत्नी बने रणबीर र दीपिका !

कोंकणी -सिन्धी रितीरिवाज अनुसार बिहे गरेर पती-पत्नी बने रणबीर र दीपिका !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले विवाह गरेका छन् । उनीहरुले आफ्नो ६ बर्ष लामो प्रेम सम्बन्धलाई बिहेमा परिणत गरेका हुन् । नोभेम्बर चौध तारिखका दिन उनीहरुले सुरुमा कोंकणी रितिरिवाज अनुसार विवाह भएको हो भने आज सिन्धी रितिरिवाज अनुसार हुदैछ । दीपिका कोंकणी परिवारकी र रणवीर पञ्जावी परिवारका हुन ।

विवाहलाई प्राइभेट राखिएको थियो । दुबैले रितिरिवाजबाट विवाह भएपछि पहिलो पटक अफिसियल रुपमा तश्बिर शेयर गरेका हुन् । तश्बिरमा दीपिका रातो पहिरनमा निकै सुन्दर देखिएकी छन् । रणवीर सिंहलाई पनि सेतो र रातो पहिरन निकै सुहाएको छ ।तश्बिरमा दुबै निकै खुसी देखिएका छन् । उनीहरुको तश्बिर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । विवाहको दुई तश्बिर अलग-अलग रितिरिवाजको दौरान कैद गरिएको हो । रणवीर-दीपिकाले आ-आफ्नो इन्स्टा अकाउन्टमा २ वटा एउटै तश्बिर शेयर गरेका छन् । क्याप्सनमा दुबैले लभको इमोजी बनाएका छन् ।

पहिलो पटक १४ नोभेम्बरमा बुधबार बिहान ७ बजे दीपिकाको परिवारको मान्यता अनुसार विवाह भएको थियो । पछि १५ नोभेम्बरमा रणवीरको परिवारको मान्यता अनुसार सिन्धी रितिरिवाजको पालन गर्दै दीपिका र रणवीर एकअर्काको भएका हुन् । बलिउडका यी चर्चित जोडीले विवाहभन्दा अगाडि करीब ६ वर्ष डेट गरेका थिए ।

यी दुईले इटलीको मिलानबाट करीब ८४ किलोमिटर टाढा लेक कोमोको किनारामा बनेको सबैभन्दा सुन्दर विला देल बलबियानेलोमा विवाह गरेका हुन् । खबरअनुसार, विवाहमा ४० जना पाहुना थिए । रणवीर र दीपिकाले २८ नोभेम्बरमा मुम्बई र २१ नोभेम्बरमा बेंगलुरुमा रिसेप्सन पार्टी दिँदैछन् ।