Exclusive: ‘रानीमहल’मा निकिताको अपोजिट प्रितमराज फाईनल

Exclusive: ‘रानीमहल’मा निकिताको अपोजिट प्रितमराज फाईनल

द सिनेमा टाइम्स
21
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – करिब २ महिना अगाडी पाँचतारे होटलमा भव्य घोषणा गरिएको सिनेमा ‘रानीमहल’का लिड कलाकारका कारण सिनेमा छायाँकनमा जान सकेन । मुख्य कलाकार प्रशान्त ताम्राकार, वर्षा सिवाकोटी र यहिँ सिनेमाबाट डेब्यु गर्न लागेका आशिष अधिकारीले बिभिन्न कारण देखाउदै सिनेमाबाट हात झिकेपछि निर्माण रोकिएको थियो ।

अन्तत: सिनेमामा नयाँ कलाकारको इन्ट्री भएको छ । सिनेमामा पुर्वमिस नेपाल निकिता चन्डक फाईनल भएकी छन् । उनको यो डेब्यु सिनेमा रहनेछ । निकिताका अलवा लिड कलाकारस्वरूप चितवनका प्रितमराज सेन्चुरी पनि फाईनल भएका छन् । यी कलाकारका अलावा सिनेमाको अन्य कलाकार परिवर्तन गरिएको छैन । प्रोडक्शन डिजाइनर गणेश सापकोटा अनुसार सिनेमामा निकिता र प्रितमराजको जोडी बाधिनेछ ।

साथै, सिनेमामा साहिल श्रेष्ठ, मानस्वी खरेल, निर शाह, बिएस राना, विष्णु सापकोटा, केशव भट्टराई, सुष्मिता बमजन, विनोद कुमार सापकोटा, दिपक क्षेत्री, रश्मि भट्ट, सौगात धिताल, उमा बेबी, नगेन्द्र रिजाल, युनिता खत्री लगायत थुप्रै कलाकारको अभिनय रहनेछ ।

त्रिकोणात्मक प्रेमकथामा बन्ने ‘रानीमहल’लाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन् । डेढ करोडको बजेटमा निर्माण हुने सिनेमा  बुटवल, भैरहवा, चितवन, स्याङ्जा, पोखरा, पाल्पा र काठमाडौँमा छायाँकन हुनेछ । सिनेमालाई निरज कँडेलले खिच्नेछन् ।

स्वास्तिक फिल्मस्को व्यानरमा निर्माण हुने ‘रानीमहल’मा बिमल भुसालको लगानी रहनेछ । सिनेमामा दीपक पौडेलको पटकथा, हिमाल केसीको द्वन्द, अर्जुन पोखरेल/हर्कुलस बस्नेतको संगीत, रामजी लामिछाने/राहुल शाहको कोरियोग्राफी र सरिता दर्जी न्यौपानेको कस्ट्युम डिजाइन रहनेछ ।