रणवीरसँग तुलना गर्दा खुसि रनबिर

रणवीरसँग तुलना गर्दा खुसि रनबिर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड अभिनेता रनबिर कपूर र रणवीर सिंहका लागि २०१८ साल उत्साहजनक जाँदैछ । रणवीरले ‘पद्मावत’को सफलता चाखिसकेका छन् । भने रनबिर ‘पद्मावत’को बम्पर सफलतालाई पछ्याइरहेका छन् । उनको प्रदर्शनरत ‘सन्जु’ले ६ दिनमै १ सय ८७ करोड कमाई गरिसकेको छ । र बक्स अफिसमा अहिलेनै रोकिने छाँटकाट छैन ।

गएको ६ महिनामा ‘पद्मावत’ बलिउडमा सर्वाधिक कलेक्सन गर्ने सिनेमा हो । घरेलु बक्स अफिसमा मात्र ३ सय २ करोड यसको कलेक्सन छ ।

अहिले तीन खानका सिनेमाले बक्स अफिसमा खासै जादु देखाउन नसकिरहेका बेला यी दुई रनबिरलाई लिएर चर्चा सुरु भएको छ । अझ यो वर्षको बक्स अफिस प्रतिस्प्रर्धामा यी दुई नै अगाडी देखिएका छन् । सलमान खानको पछिल्लो रिलिज ‘रेस ३’ले बक्स अफिसमा अपेक्षाकृत व्यापार गर्न असफल भएपछी यी दुई अझ बढी लाइमलाइटमा आएका छन् ।

यसै बीच ‘सन्जु’को सक्सेस पार्टीमा रनबिरले आफ्नो प्रतिस्प्रर्धा रणवीर सिंहसँग हुँदा खुसि लाग्ने बताएका छन् । रणवीरको प्रतिस्प्रर्धि भन्दा खुसि मान्ने रनबिरले उनिसँग सिनेमा गर्न रहर भएको पनि बताए । तर सिनेमामा बराबर र दुवैको भूमिका दमदार हुने पर्ने उनि बताउछन । उनि रणवीरका अलावा टाइगर स्रोफ र बरुण धवनसँग पनि काम गर्न चाहन्छन ।