‘रामकहानी’ प्रचारमा नयाँ शैली असन चोकमा नाचे पुजा र आकाश

‘रामकहानी’ प्रचारमा नयाँ शैली असन चोकमा नाचे पुजा र आकाश

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – आकाश श्रेष्ठ र पुजा शर्मा स्टारर सिनेमा ‘रामकहानी’ भाद्र २२ गतेबाट अलनेपाल रिलिज हुने छ । यसको निर्माण युनिटले सिनेमाको प्रचार प्रसारमा नयाँ नयाँ शैली अपनाइ रहेको छ । केहि पहिले सिग्नेचर प्रतिस्पर्धा आयोजना गरेको सिनेमा युनिटले शनिबार काठमाण्डौको सर्वाधिक व्यस्त स्थान असन चोकमा करिब २ सय विद्यार्थीसँगै सामुहिक नृत्य कार्यक्रम आयोजना गरेको छ ।अक्सिडेन्टल बोडिङ् स्कुलका झण्डै २ सय जना विद्यार्थीसँगै चलचित्रका मुख्य कलाकार पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल लगायतले ‘तिम्रो लागि म छु’ बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए । २ सय जना विद्यार्थी र सिनेमाका कलाकारले एकसाथ सिनेमाको गीतमा नृत्य प्रस्तुत गर्दा माहोल गर्मिएको थियो । नायिका पूजा शर्माले यो शैलीले दर्शकमा आकर्षण झनै बढेको बताइन् ।

सुदर्शन थापाको निर्देशनमा तयार भएको कमेडी र लभस्टोरी बिषयको यो सिनेमाले अहिले दर्शकको ध्यान खिचेको छ । यो प्रचार शैलीलाई अन्य स्थानमा पनि जारी राख्ने योजना रहेको निर्देशक थापाले जानकारी दिए ।