रामकहानी’को आक्रमक व्यापार, हलमा देखियो पूजा र आकाशको क्रेज

रामकहानी’को आक्रमक व्यापार, हलमा देखियो पूजा र आकाशको क्रेज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – शुक्रबारदेखि अलनेपाल प्रदर्शनमा आएको सिनेमा ‘रामकहानी’ले शनिबार आक्रमक व्यापार गरेको छ । राजधानी लगायत देशभरका सिनेमा घरमा ‘रामकहानी’ले आक्रमक व्यापार गरेको वितरक सुनिल मानन्धरले बताए । शुक्रबार ४० लाख आसपासको व्यापार गरेको सिनेमाले शनिबार दर्शकको उच्च साथ पाएको थियो । राजधानीका सिंगल हलमा शतप्रतिसत अकुपेन्सी कायम गरेको सिनेमाले मल्टिप्लेक्स हलमा भने ८० देखि ९० प्रतिसत अकुपेन्सी कायम गरेको थियो ।शनिबार राजधानीको अष्टनारायण हलमा पुगेका सिनेमाका कलाकारलाई दर्शको भिडबाट सुरक्षा दिन बडिगार्डलाई समेत हम्मे हम्मे परेको थियो । हल संचालका अनुसार अष्टनारायण हलमा शनिबार दिनभर ‘रामकहानी’ले आक्रमक व्यापार गरेको थियो । यस्तै सिनेमा निर्माण टिम राजधानीका सिंगल हलका साथै कुमारी , बिग मुभिज लगायतका मल्टिप्लेक्स हलमा समेत कलाकार सहित पुगेका थिए ।

नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, कलाकारहरु केदार घिमिरे, जितु नेपाल, निर्देशक सुदर्शन थापा विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया लिएका थिए । नायिका पूजा शर्माले आफ्ना अघिल्ला सिनेमामा जस्तै यसमा पनि दर्शकको माया मिलेको भन्दै खुशी व्यक्त गरिन् ।

नायिका शर्मालाई देखेर उनका केही यूवती फ्यान रोएका थिए । उनीहरुले पूजालाई सधै यस्तै राम्रा सिनेमा खेल्न आग्रह समेत गरे । हलमा पुगेका नायक आकाश श्रेष्ठको यूवतीहरुमाझ क्रेज पनि गज्जबको देखियो । काठमाण्डौ बाहिर पनि सिनेमाले निकै राम्रो व्यापार गरेको वितरकले जनाएका छन् । पोखरा, चितवन, विर्तामोड, वुटवल, धरान, इटहरी, दमक लगायतका शहरमा पनि सिनेमाको व्यापार सुखद रहेको वितरक कम्पनी एफडीले जनाएको छ ।

पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका रहेको सिनेमाको कथावस्तु, कमेडी संवाद र क्लाइमेक्सलाई दर्शकले रुचाएका छन् ।