नेपाल पछि विदेशमा घुम्दै ‘रामकहानी’

नेपाल पछि विदेशमा घुम्दै ‘रामकहानी’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – गत शुक्रबार देखि प्रदर्शनमा आएको सिनेमा ‘रामकहानी’ विश्वका विभिन्न देशमा रिलिज हुने भएको छ । ‘रामकहानी’ अब युरोप, अष्ट्रेलिया र अमेरिकामा रिलिज हुने निर्देशक शुदर्शन थापाले बताए । निर्देशक थापाका अनुसार ‘रामकहानी’ सेप्टेम्बर १६ मा अमेरिकाको बोष्टनमा प्रदर्शन हुने भएको छ । यसपछि अमेरिकाको विभिन्न सहरमा सिनेमा रिलिज हुने छ । यस्तै सिनेमाको अष्ट्रेलियाको मेलबर्नमा समेत प्रदर्शन गर्ने तयारी भैरहेको छ ।

यस्तै, सिनेमाको यूरोप प्रदर्शन डेनमार्कबाट सुरु हुँदैछ । डेनमार्कपछि सिनेमाको प्रदर्शन पोल्याण्ड, स्पेन, पोर्चुगल, जर्मन लगायतका १० वटा देशमा हुनेछ । कतार, ओमान, जापान, बहराइन लगायतका देशमा पनि सिनेमा चल्ने पक्का भएको निर्देशक सुदर्शन थापाले जानकारी दिए ।

सुदर्शनले भने-‘नेपालमा सफल प्रदर्शन र सकारात्मक समिक्षा आएपछि विश्वभरबाट सिनेमाको डिमाण्ड आइरहेको छ । हामी, विश्वभर रहेका नेपाली दर्शकहरुमाझ सिनेमा प्रदर्शन गर्ने तयारीमा छौ ।’ पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका रहेको सिनेमा ‘रामकहानी’को कमेडी संवाद, कथावस्तु, क्लाइमेक्स र गीतसंगीतले दर्शकलाई आकषिर्त गरेको छ । समिक्षक र सिनेमाकर्मीले यसलाई पूर्ण प्याकेजको सिनेमा भनेका छन् ।