रेखा बनिन् ‘पिन्कु मिस’ ! (भिडियो)

रेखा बनिन् ‘पिन्कु मिस’ ! (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – आज शुक्रबार देखि अलनेपाल रिलीज भएको सिनेमा ‘राज्जा रानी’को ‘पिंकु मिस…’ बोलको गीत रिलीज भएको छ । अभिनेत्री रेखा थापाले उक्त आइटम गीतमा नृत्य गरेकी छिन । लेखक निर्देशक यम थापाको शब्द र तारा प्रकाश लिम्बुको संगीत रहेको गीतमा सहिमा श्रेष्ठको स्वर रहेको छ ।

गीतमा विक्रम स्वारले नृत्य निर्देशन गरेका छन । तराईको विधमान दाइजो प्रथाको कथामा तयार भएको ‘राज्जा रानी’मा केकी अधिकारी, नाजीर हुसेन, कामेश्वर चौरासिया, संगीता नापित, दिपक क्षेत्री लगायतका कलाकारले अभिनय गरेका छन । रमेश एमके पौडेलले निर्माण गरेको सिनेमालाई यम थापाले निर्देशन गरेका हुन ।