OMG: यो होनी त क्रेज, हमाललाई छुन भारतीय दर्शकको मरिहत्ते ! (भिडियो)

OMG: यो होनी त क्रेज, हमाललाई छुन भारतीय दर्शकको मरिहत्ते ! (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली सिनेमाका महानायक राजेश हमाल विवाह बंधनमा बाँधिएसँगै अभिनयबाट केहि टाढा छन् । सिनेमा क्षेत्रमा सबै भन्दा धेरै समय सफलताका साथ अभिनय यात्रा गरेका  हमाल अहिले मिसेस् हमालसँग देश-विदेशको यात्रा गरिरहेका छन् ।

विदेशको यात्राको क्रममा यो साता हमाल दम्पति उत्तर पश्चिम भारतमा छन् । यात्राकै क्रममा हमाल दम्पति चण्डीगढ एक कार्यक्रममा पुगे । जहाँ हमालको फ्यान क्रेज हेर्न लायक देखियो । भारतमा बस्ने नेपाली र भारतीयले हमालसँग सेल्फी लिन र नजिक हुन् मरीहत्ते गरेको भिडियो महानायकले आफ्नो फेसबुक अकाउन्टमा शेयर गरेका छन् । जुन भिडियोमा दर्शक माँझ घेरिएका राजेशलाई भिडबाट बाहिर निकाल्न सेक्युरिटीलाई पनि हम्मेहम्मे परेको देख्न सकिन्छ ।

चण्डीगढमा नरिवलको जुस पिउदै हमाल दम्पति

राजेशमा पर्दामा देख्न नपाएको केहि समय भैसकेको छ । अब निर्माण या निर्देशन मार्फत पुन दर्शक माँझ आउँन खोजेका राजेशलाई कहिले पर्दामा हेर्न पाउने ?

चण्डीगढस्थित ‘रक गार्डेन’मा रमाउदै हमाल दम्पति

अहिले हमाल दम्पति हिमाचल प्रदेशको शिमला पुगिसकेका छन् । आफ्नो अभिनयका कारण भारतमा पनि लोकप्रियता कमाएका हमालका थुप्रै फ्यान भारतमा पनि छन् ।

शिमलामा चियाको चुस्की लिदैं हमाल

भिडियो:-