‘राधे’को पत्रकार सम्मेलनमा निखिललाई उनकै अर्धकदको मुर्ती उपहार

‘राधे’को पत्रकार सम्मेलनमा निखिललाई उनकै अर्धकदको मुर्ती उपहार

द सिनेमा टाइम्स
0
Shares

तपाइले यदि चलचित्र ‘राधे’को ट्रेलर हेर्नुभएको छ भने, त्यसमा कलाकार शिशिर भण्डारीले निखिलको मुर्ती ढालिदिएका छन् ।    निखिलको त्यो मुर्ती किन ढालियो भन्ने वुझ्न त चलचित्र नै हेर्नुपर्छ । तर, निखिलको सोहि मुर्ती बनाउने मुर्तीकारले उनलाई उपहार स्वरुप उनको अर्धकदको मुर्ती उपहार दिएका छन् । काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा निखिललाई मुर्तीकार नविन सुवेदीले सधै सम्हालेर राख्नुहोस् भन्दै अर्धकदको मुर्ती उपहार दिएका थिए ।
वैशाख १ गतेबाट देशभरका हलमा रिलिज हुन लागेको यो चलचित्रलाई जगदिश्वर थापाले लेखन तथा निर्देशन गरेका हुन् । पत्रकार सम्मेलनमा नायक निखिल उप्रेती, नायिका प्रियंका कार्कीको साथमा अन्य कलाकारहरु प्रमोद अग्रहरि, शिशिर भण्डारी उपस्थित थिए । नायिका अशिष्मा नकर्मी भने कार्यक्रममा उपस्थित हुन सकिनन् ।  सुशिल पोखरेलको कथामा निर्माण भएको यो चलचित्रले वेपत्ता पारिएको एक पात्रको कथालाई उठान गर्नेछ । कार्यक्रममा बोल्दै नायक निखिल उप्रेतीले ‘राधे’ सबै नेपालीको कथा भएको बताए । उनले चलचित्रमा आफूले यसपटक अभिनय गर्ने कोशिश गरेको सुनाए । यस्तै, नायिका प्रियंका कार्कीले आफूलाई यो चलचित्रको प्रतिक्षा रहेको सुनाइन् ।
निर्माता सुशिल पोखरेलले यसपटक दर्शकले ‘राधे’मा निखिलको एक्सन संगै  एउटा फरक कथा हेर्न पाउने बताएका  थिय ।