प्रियंकाको मौसम !

प्रियंकाको मौसम !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अहिले मौसम प्रियंकाकै छ । सिनेमा हलदेखि लिएर प्रियंका छायाँकन सेटमा पनि छाएकी छन् । सायद पछिल्लो केहि वर्षलाई हेर्ने हो भने प्रियंका नै नेपालको सर्वाधिक व्यस्त कलाकार हुन् ।

हलमा दुई सिनेमा, ‘शत्रु गते’ छैटौं साता र ‘लिलिबिली’ दोस्रो सातामा प्रदर्शनरत छन् । अब बैशाख १४ गतेबाट यो संख्या दोब्बर हुनेछ । किनकी, यो साता प्रियंका मुख्य भूमिकामा अभिनित २ सिनेमा प्रदर्शन हुदैछन । त्यसपछी सम्भवत: प्रियंका नभएको हल कुनै पनि हुने छैन । प्रदर्शन हुन् बाँकी ‘कोहलपुर एक्सप्रेस’ र ‘ह्याप्पी डेज’ पनि प्रियंकाका आशा गरिएका सिनेमा हुन् । प्रदर्शनरत ‘शत्रु गते’ र ‘लिलिबिली’लाई हेर्दा आगामी साता पनि २५ देखि ३५ प्रतिशत हल र शोज कब्जा हुने सङ्केत देखा परेका छन् । बाँकी प्रतिशत ‘कोहलपुर एक्सप्रेस’ र ‘ह्याप्पी डेज’ले भर्नेमा दुई मत छैन ।

प्रियंकाको मौसम यतिसम्म छाएको छ की दुई सिनेमा बसन्तको रमणीयमा खिचिदै पनि छन् ।  छायाँकनरत ‘नाई नभन्नु ल ५’ र ‘चंगाचेट’ प्रियंकाका आगामी प्रतिक्षित सिनेमा हुन् । त्यस्तै एपी १ एचडीको डान्स रियालिटी शो ‘बूगी वूगी’मा प्रियंकाले निर्णायकको भूमिका निर्वाह गरिरहेकी छन् । दुई सिनेमाको छायाँकन, प्रदर्शन हुन् बाँकी दुई सिनेमाको प्रचार-प्रसार र ‘शत्रु गते’/‘लिलिबिली’को सफलता: उर्फ जताततै प्रियंका । बसन्त ऋतुको यो मौसम प्रियंकाले आफ्नो मौसम भन्न लायक बनाएकी छन् । जे होस् अहिले के-टाउन प्रियंकामय बनेको छ ।