चोर-पुलिस, दीपक र प्रियंका ‘शत्रु गते’मा श्रीमान-श्रीमती ?

चोर-पुलिस, दीपक र प्रियंका ‘शत्रु गते’मा श्रीमान-श्रीमती ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बहुप्रतिक्षित सिनेमा चैत ९ गतेबाट प्रदर्शनमा आउदैछ । प्रदीप भट्टराई निर्देशित सिनेमालाई लिएर अधिकाँस सिनेपण्डितले बक्स अफिसमा राम्रो व्यापार गर्ने अडकलबाजी काटिरहेका छन् ।

सिनेमाको गीत/संगीत र मल्टीस्टार यसका बक्स अफिसका मुख्य सुत्र हुन् । वरिष्ट कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यसँगै दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुसाल, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी, शुष्मा कार्की लगायतका कलाकारको अभिनय छ ।

यी कलाकार मध्ये प्रियंका कार्की र दीपकराज गिरीमाथि सबैको नजर छ । ‘वडा नम्बर ६’मा पहिलो पटक स्क्रिन शेयर गरेका यी दुईले ‘छक्का पन्जा’ र ‘छक्का पन्जा २’मा अपोजिट अभिनय गरे । जुन सिनेमाहरु बक्स अफिसमा सुपरहिट भए । अब कुरा गरौ ‘शत्रु गते’को । यो सिनेमामा दीपक नेगेटिभ क्यारेक्टर (भिलेन) र प्रियंका पोजेटिभ क्यारेक्टर (पुलिस)को भूमिकामा छन् । तर, यी दुबै सिनेमामा श्रीमान-श्रीमती हुन् ।

फरक पेसा, त्यसैमा एकअर्काका दुस्मनजस्तै रहने पुलिस र भिलेन श्रीमान-श्रीमती भएपछी द्वन्द त त्यतिकै पनि उत्पन्न हुने भैहाल्यो । एक अन्तर्वार्ताका क्रममा यी दुईले आफ्नो भूमिकाको बारेमा खुलेर कुरा गरे ।

‘प्रियंका (शितल) एक बफादार पुलिस अफिसर हुन् । जो आफ्नो कर्मलाई लिएर धर्म पनि भुल्न सक्छिन् । उनि आफ्नो ड्युटीको अगाडी प्रेम, परिवार, श्रीमान केहि भन्दिनन् । त्यस्तै दीपक (राहुल) भिलेन हुन् । जसले सबैलाई सताउछन । तर, प्रियंकालाई औधि माया गर्छन । संसारसँग लड्न सक्ने राहुल, शितलसँग चै हार्न पुग्छन । यस्तै खाले भूमिका छ यी दुईको सिनेमामा । र दुबै जना यी भूमिकाको दर्शक प्रतिक्रिया पर्खेर बसिरहेको बताउछन ।’

प्रियंका भन्छिन ‘मलाई गर्न मन लागेको तर अहिलेसम्म गर्न नपाएको क्यारेक्टर पुलिसको हो । त्यो ‘शत्रु गते’ले पुरा गरिदिएको छ । आशा छ दर्शकले मन पराउनु हुनेछ ।’ त्यस्तै दीपकले पनि यो ‘शत्रु गते’मा निभाएको आफ्नो भूमिकाले आफुलाई सन्तुष्टि मिलेको बताए । उनका अनुसार दीपकलाई सिनेमामा अन्य भन्दा भिन्न भूमिकामा देख्न सकिन्छ ।

दीपकले ‘शत्रु गते’ हेर्दा दर्शकको पैसा खेर नजाने पनि बताए । ‘मैले सिनेमा हेरेर मात्र त्यसको बारेमा बोल्ने गरेको छु । ‘शत्रु गते’ भयङ्कर सिनेमा नहोला । तर, यसले सबै खाले दर्शकलाई रिझाउन सक्छ ।’ उनले भने ।

भोलिबाट सोलो रिलिज हुने सिनेमाको बुधबारै मल्टीप्लेक्समा बुकिङ खुलिसकेको छ । देशभरका अधिकाँस हल र शोज कब्जा गरेको ‘शत्रु गते’ एडभान्स बुकिङमा अगाडी रहेको छ ।

महसञ्चारको व्यानरमा निर्मित सिनेमाको कार्यकारी निर्माता किरण केसी हुन् । सिनेमाका निर्मातामा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरि पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य रहेका छन् । सिनेमामा टंक बुढाथोकी/कालीप्रसाद बाँस्कोटाको संगीत, रोशन श्रेष्ठको एक्सन, कविराज गहतराज/प्रविन सिंहको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन र दिर्घ गुरुङ छायाँकन रहेको छ ।