बिग बजेटको बायोपिकमा प्रियंका ?

बिग बजेटको बायोपिकमा प्रियंका ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ बलिउडमा पछिल्लो समय बयोपिक सिनेमा बनाउने लहर नै चलेको छ । यसअघि रिलिज भएका केहि बायोपिकले बक्सअफिसमा राम्रो व्यापार गरेपछी अहिले बलिउडमा दर्जन बढी बायोपिक घोषणा भैसकेका छन् ।

यस्तैमा भारतीय धाविका पि.टि. उषाको जीवनीमा पनि सिनेमा बन्ने भएको छ । सय करोड बढीको बजेटमा निर्माण हुने यस सिनेमालाई मलयालम सिनेमेकर रेवती यस वर्माले निर्देशन गर्ने जानकारी भारतीय मिडियाहरुले जानकारी दिएका छन् ।

पि.टि. उषा

सम्भवत: यो सिनेमा बलिउडकै महँगो बायोपिक बन्नेछ । हिन्दी, अंग्रेजी, चिनिया, रसियन र भारतका अन्य भाषामा निर्माण हुने यस सिनेमामा प्रियंका चोपडाले अभिनय गर्ने प्रवल सम्भावना रहेको छ । स्रोतका अनुसार प्रियंकालाई निर्माण कम्पनिले यस अनटाइटल प्रोजेक्टका लागि जानकारी गराईसकेको छ ।

स्क्रिप्ट अध्ययन गरिरहेकी प्रियंकाले छिट्टैनै आफ्नो संलग्नता बारे जानकारी दिनेछिन् । प्रियंकाले यसअघि बक्सर मेरी कोमको बायोपिकमा अभिनय गरिसकेकी छन् । जुन सिनेमा बक्सफिसमा हिट भएको थियो । पि.टि. उषाको बायोपिकमा एआर रहमानको संगीत रहनेछ ।

बलिउडमा बायोपिकको बाढी !