माघ २५ मा रिलि हुने भयो दिपशिखाको ‘प्रेमलीला’

माघ २५ मा रिलि हुने भयो दिपशिखाको ‘प्रेमलीला’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – माघ २५ गतेलाई आफ्नो रिलिज प्रदर्शन मिती लक गर्दै सिनेमा ‘प्रेमलीला’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना आयोजना गर्दै सिनेमाको पोस्टर सार्वजनिक गरिएको हो । ‘प्रेमलीला’को पोस्टरमा नायिका दिपशिखा खड्काको फरक गेटअप देखाइएको छ । उनले यसअगाडिका आफ्ना सिनेमाले आफूलाई नचिनाएको भन्दै यो डेब्यू भएको बताइन् । यो सिनेमाको आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै फस्टलुक सार्वजनिक गरिएको छ ।जनक पाण्डेको निर्देशनमा तयार भएको सिनेमामा दीपशिखाले कपाल मुन्डन गरेकी छिन् । उनले भनिन्- ‘मेरो यो गेटअपका कारणले पनि सिनेमा भित्र केही छ भन्ने थाहा हुन्छ । कपाल मुण्डन गर्दा साह्रै दुःख लाग्यो । तर, कथाले मागेपछि गर्नैपर्यो ।’ उनले सिनेमाको छायांकन सकिएपछि निर्देशकले वास्ता गर्न छाडेको गुनासो समेत गरिन् ।

सिनेमामा उनको साथमा दुबइमा रहेर मोडलिङ गर्दै आएका भारतीय मोडल अली खान र नव-कलाकार मौसम खड्काको मुख्य भूमिका छ ।भारतबाट नेपाल आएको यूवा र नेपालमा रहँदै आएकी यूवतीविचको प्रेमकथालाई  सिनेमाले उठान गरेको दीपशिखाले जानकारी दिइन् ।

यस्तै, कलाकार अली खानले दीपशिखासँग दुबइमा भेट भएपछि आफू नेपाल आएको र कथावस्तु सुनेपछि काम गर्न उत्साहित भएको सुनाए । यो सिनेमा माघको २५ गतेबाट नेपालभर रिलिज हुने वितरक सुनिल मानन्धरले जानकारी दिए ।