‘प्रेमचरी’ अफिसियल घोषणा

‘प्रेमचरी’ अफिसियल घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – ‘प्रेमचरी’ नामक सिनेमा निर्माण हुने भएको छ । यो सिनेमालाई बिचल किराती निर्देशन गर्ने भएका छन् । एस वि आर फिल्म्स र आई स्टार इन्टरनेसनल फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमामा संजय श्री र मोनिमा कुमारी ठाकुरको लगानी रहनेछ ।एक्सन, लभस्टोरी कथामा निर्माण हुने सिनेमाको कथा चन्द्र भट्टराईले तयार पारेका हुन् । ६० लाख बजेटमा निर्माण हुने सिनेमाको संगीतको सम्पुर्ण काम मुम्बईमा गरिने निर्माण टिमले बताएको छ । सिनेमामा ओम सुनारको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, पवन गौतमको छायांकन, रेवन्त थापको द्धन्द्व रहने छ ।

भाद्र १ गतेबाट छायांकन सुरु हुने सिनेमामा पुस्कर रेग्मी, रेश्मा सुवेदी, सपना ओली, संजय श्री, मनमोहन ठाकुरको मुख्य भुमिका रहने छ ।