नेपाल आइडलका बिक्रम बरालले गाए ‘प्रसाद’को तेस्रो गीत !

नेपाल आइडलका बिक्रम बरालले गाए ‘प्रसाद’को तेस्रो गीत !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मंसिर २१ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘प्रसाद’को तेस्रो गीत रेकर्ड गरिएको छ । बिहिबार काठमाडौंको नक्सालमा अवस्थीत एक स्टुडियोमा सिनेमाको तेस्रो गीत रेकर्ड गरिएको हो । बिहिबार रेकर्ड गरिएको गीतमा नेपाल आइडलका उत्कृष्ट  ७ प्रतिस्प्रर्धी मध्येका एक बिक्रम बरालले स्वर भरेका छन् ।

यो गीतमा ‘प्रसाद’को चर्चित गीत ‘लै लै….’का संगीतकार सुवास भुषालको शब्द तथा संगीत रहेको छ । निर्देशक दिनेश रावतका अनुसार सिनेमाको यो गीत सिनेमामा प्लेव्याक म्युजिकको रुपमा प्रयोग गरिने छ । निर्देशक रावत भन्छन् -‘हाम्रो टिमयोे गीत पहिले नै कम्पोज गरेको थियो तर प्लेब्याकमा गीत प्रयोग हुने भएकोले पनि गीत रिलिजको संघारमा रेकर्ड गरिएको उनको भनाई छ’ । योसँगै उनले भने,- ‘यो गीत दर्शकले सिधै सिनेमा घरमा मात्रै हेर्न पाउने छन् । सिनेमा रिलिज पश्चात मात्रै गीतलाई युट्युबमा रिलिज गरिने छ’ ।‘प्रसाद’का निर्माता सुवास थापाले बिक्रम बराललाई एउटा प्रोफेसनल गायक बराबर पारिश्रमिक दिएको बताए । बिक्रम बराललाई सिनेमाको गीत रेकर्ड गर्नु अघि निर्माता थापाले उनलाई गीत गाए बाफत पाउने पारिश्रमिक समेत हस्तान्तरण गरेका थिए । निःसन्तान दम्पत्तीको कथामा निर्माण भएको सिनेमाको कथा, पटकथा तथा संवाद रंगपत्रकार सुशील पौडेलले लेखेका हुन् । भने सिनेमामा नम्रता श्रेष्ठ, विपिन कार्की, निश्चल बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ ।