सकियो ‘प्रसाद’, मंसिर २१ मा रिलिज

सकियो ‘प्रसाद’, मंसिर २१ मा रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – विपिन कार्की, निश्चल बस्नेत र नम्रता श्रेष्ठ स्टारर सिनेमा ‘प्रसाद’को छायांकन सकिएको छ । ४१ औं दिनमा आइतवार छायांकन सकिएको सिनेमा नि:सन्तान दम्पतिको कथामा निर्माण भएको छ । ‘प्रसाद’को कथा सिनेपत्रकार तथा समिक्षक सुशील पौडेलले तयार पारेका हुन् ।

सुवास थापा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरेको सिनेमालाई दिनेश राउतले निर्देशन गरेका हुन् । ‘प्रसाद’मा राजेश श्रेष्ठको छायांकन, सुवास भुषाल र कोशिस क्षेत्रीको संगीत, विकास सुवेदीको सह निर्देशन रहेको छ । प्रसाद घोषणा भएदेखि नै चर्चामा छ । र सिनेमाको मजबुत टीमअपका कारण ‘प्रसाद’ प्रतिक्षित बनिसकेको छ ।

छायांकन सकिएसँगै निर्माण टिमले सिनेमा मंसिर २१ गतेबाट अलनेपाल रिलिज हुने बताएको छ ।