प्रदीपको ह्याट्रिक

प्रदीपको ह्याट्रिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘इस्केप’बाट उदय भएपनि अभिनेता प्रदीप खड्का ‘प्रेमगीत’ मार्फत उदाए । जुन सिनेमा अहिले पनि प्रेम जोडीका लागि लोकप्रिय छ । गीतको चर्चा सँगै बक्स अफिसमा प्रदर्शनको ५१ दिन पार गरेको ‘प्रेमगीत’को सफलता पछि प्रदीपलाई पछाडी फर्केर हेर्नु परेको छैन ।

चैत ३० मा रिलिज ‘लिलिबिली’ले पनि ५१ दिन पार गरेपछि प्रदीपले सफलताको ह्याट्रिक गरेका छन् । गत वर्ष नै रिलिज भएको ‘प्रेमगीत २’ले गौरवमय ५१ दिनको सफलता चुमेको थियो । पछिल्लो दशकलाई हेर्ने हो भने प्रदीप मात्र त्यस्ता अभिनेता हुन्, जसको ३ सिनेमाले लगातार ५१ दिनको यात्रा रचे । अहिले प्रदीप ‘रोजी’को छायाँकनमा व्यस्त छन् । भने, उनको मुख्य भूमिका रहने ‘लभ स्टेसन’ घोषणा भैसकेको छ ।

सुरुवाती चर्चाले यी दुई सिनेमा बक्स अफिसका लागि प्रतिक्षित छन् । बक्स अफिसमा लगातार हिट सिनेमा दिने अभिनेताको रुपमा अनमोल केसी अग्रस्थानमा छन् । प्रदीपले पनि लगातार तीन सिनेमा हिट दिएर अनमोलको बाटोमा आफुलाई हिडाएका छन् । अब हेर्न बाँकी छ, यी दुई अभिनेताले लगातार कति ओटासम्म हिट सिनेमा दिन्छन ?