नयाँ सिनेमामा प्रभाससँग रोमान्स गर्दै पुजा हेगडे

नयाँ सिनेमामा प्रभाससँग रोमान्स गर्दै पुजा हेगडे

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – ‘बाहुबली’बाट एकाएक चम्किएका अभिनेता हुन् प्रभास । उनै प्रभासले ‘बाहुबली’ सिरिज र ‘साहो’ पश्चात अभिनय गर्ने सिनेमाको टुङ्गो लागेको छ । यो सिनेमालाई हिंन्दी लगायतका तीन भाषामा निर्माण गरिने छ । उक्त अनटाइटल सिनेमाको बिहिबार हैदराबादमा शुभमुर्हत गरिएको छ ।

प्रभासको यो सिनेमाको शुभमुर्हतमा ‘बाहुबली’ निर्देशक एसएस राजमौलीको समेत उपस्थीती रहेको थियो । युरोको पृष्ठभुमिमा छायांकन गरिने सिनेमाको बजेट पनि अन्य बलिउड सिनेमाको भन्दा धेरै रहने बलिउड मिडियाले समाचार प्रकाशन गरेका छन् ।

यो सिनेमामा प्रभासको ओपजिटमा ऋतिक रोशनको सिनेमा ‘मोहेजो दारो’बाट बलिउड डेव्यु गरेकी अभिनेत्री पुजा हेगडेलाई फाइनल गरिएको छ । राष्ट्रिय पुरस्कार विजेता त्रिवेदीको संगीत रहने सिनेमालाई के. के. राधाकृष्णाले निर्देशन गर्नेछन् । २० सेप्टेम्बरबाट युरोपका विभिन्न देशमा छायांकन सुरु हुने सिनेमाको निमाण युवी क्रियसन र गोपीकृयष्ण मुभिजको संयुक्त व्यानरमा निर्माण हुनेछ । प्रभास अहिले ‘साहो’को छायांकनमा व्यस्त छन् ।