ट्रेलरबाटै ‘डमरुको डन्डीबियो’लाई प्रसंसा

ट्रेलरबाटै ‘डमरुको डन्डीबियो’लाई प्रसंसा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – चार दिन अगाडी युट्युबमा ‘डमरुको डन्डीबियो’को ट्रेलर सार्वजनिक भएको भयो । त्यसपछी जताततै यहिँ सिनेमाको चर्चा छ । सिनेमालाई लिएर दर्शकबाट यति सकारात्मक कमेन्ट बर्षा भएका छन्, जसले सिनेमाको हाइप एक्कासी चुलाइदिएको छ ।

खगेन्द्र लामिछाने, अनुप बराल र मेनुका प्रधानको मुख्य भूमिका रहेको सिनेमाले उठाएको कथाबस्तुलाई सबैले स्वागतयोग्य भनेर कमेन्ट गरेका छन् । सिनेमाले नेपालको लोपोन्मुख तथा पुर्व राष्ट्रिय खेल डन्डीबियोको कथा उठाएको छ । युट्युबमा बर्सिएका हजारौ कमेन्टमा तारिफ मात्र देख्न सकिन्छ । युट्युबमा रिलिज भएको चार दिनसम्म ट्रेलरलाई ३ लाख ६० हजार बढीले हेरिसकेका छन् । भन, ट्रेलर ट्रेन्डीङमा यथावत छ ।

युट्युबमा प्राप्त १४,८१८ रियाक्ट मध्ये ९८.७४ प्रतिशत लाइक छ, भने बाँकी प्रतिशत ट्रेलरप्रतिको डीसलाइक हो । यसरि हेर्दा ट्रेलरले कस्तो प्रतिक्रिया पाएको छ ? भन्ने कुरा प्रष्ट बुझ्न सकिन्छ ।

नेपालको पुर्व राष्ट्रिय खेल डण्डीबियोमा आधारित ‘फ्यामिली स्पोर्ट ड्रामा’लाई छेतेन गुरुङले निर्देशन गरेका हुन् । सिनेमामा खगेन्द्र, अनुप र मेनुकाका अलावा बुद्दी तामाङ, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ ।

समृद्दी इन्टरटेनमेन्टको व्यनरमा निर्माण भएको सिनेमामा नोर्बु छिरिङ घले र विनोद गुरुङको संयुक्त लगानी रहेको छ । सिनेमामा खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायाँकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ ।

बैशाख २१ बाट प्रदर्शन हुने सिनेमाले डन्डीबियो सम्वन्धि प्रचार सामग्री ‘ठ्याक लाउने च्यालेन्ज’ पनि सुरु गरिसकेको छ । सिनेमाको टिम केहि दिनमै मोफसल प्रचारको लागि धाउदै छ ।