‘सम्हालिन्छ कहिले मन’मा पुजा र सोनमको रोमान्स पक्का

‘सम्हालिन्छ कहिले मन’मा पुजा र सोनमको रोमान्स पक्का

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं  – निर्देशक सुर्दशन थापा र अभिनेत्री पुजा शर्मा टिमअपले नयाँ सिनेमा निर्माण गर्ने भएको छ । यो टिमले निर्माण गर्ने लभस्टोरी सिनेमाको नाम ‘सम्हालिन्छ कहिले मन’ जुराइएको छ । यो सिनेमाको अहिले धमाधम गीत रेकडिङ भैरहेको छ । सिनेमाको शिर्ष गीतलाई गायक सुगम पोखरेलले गाएका छन् । सुगमकै चर्चित गीत सम्हालिन्छ कहिले मनबाट सापटी लिएर यो सिनेमाको नाम जुराइएको हो ।

‘सम्हालिन्छ कहिले मन’मा युटुबमा निकै चर्चित बनिसकेका सोनम थोप्देनले पुजा शर्माको जोडी भएर काम गर्दैछन् । भारतको मनालीमा जन्मिएका सोनम तिब्बतिएन गायक हुन् । उनले नेपाली, हिन्दी, अंग्रेजीका साथै विभिन्न भाषाका गीतको कभर गाएका छन् । कभर गायनबाट उनको लोकप्रियता कमाएका छन् । उनी, गीत लेख्ने र संगीत भर्ने समेत काम गर्छन् । सोनमको आवाज निकै सुमधुर छ । सोनमको लुक्स पनि आकर्षक छ ।

सोनम अहिले कन्सर्टका लागि पेरिसमा छन् । उनी आफ्नो कन्सर्ट सकेर नेपाल आउनेछन् र सिनेमामा संझौता गर्ने तयारीमा रहेको निर्माण युनिटले जनाएको छ । चलचित्रमा २ नायक र १ नायिका हुने वुझिएको छ । सोनम र पूजाले काम गर्ने सिनेमामा अर्का एक नायक को हुने फाइनल गरिएको छैन ।