निखिल र साराको यस्तो प्रेम !

निखिल र साराको यस्तो प्रेम !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘पिंजडा ब्याक अगेन’को नयाँ गीत सार्वजनिक भएको छ । ‘तिमि नि आधा…’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत तथा मुक्त उदासको शब्द संकलन छ । गीतमा एक्सन स्टार निखिल उप्रेती र सारा शिर्पैली फिचरिङ छन् ।

रामजी लामिछानेले कोरियोग्राफी भरेको गीतमा अर्जुन पोखरेल र अन्जु पन्तको स्वर छ । द्वन्द निर्देशक हुँदै निर्देशनमा हात हालेका हिमाल केसीले ‘पिंजडा ब्याक अगेन’लाई निर्देशन गरेका हुन् ।

सिनेमामा मौनता श्रेष्ठको कथा, सौरभ लामाको छायाँकन, बनिश शाह/मिलन श्रेष्ठको सम्पादन, र हिमाल केसीकै एक्सन छ ।

माघ ४ गते प्रदर्शन हुने सिनेमामा निखिल र साराका अलावा पुकार भट्टराई, ज्याक श्रेष्ठ, कुशाग्रह भट्टराई लगायतका कलाकारको अभिनय छ । सिनेमालाई रोहित पुरी, गोविन्द गैरे, चन्द्रबहादुर क्षेत्रीले निर्माण गरेका हुन् । बसन्त शर्मा र सुशान्त श्रेष्ठ सिनेमाको कार्यकारी निर्मातामा रहेका छन् ।