‘हृदय भरी’मा सुरज र पलको टिमअप

‘हृदय भरी’मा सुरज र पलको टिमअप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – पल शाहले नयाँ सिनेमा साइन गरेका छन् ।  निर्देशक सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गर्ने नयाँ सिनेमामा उनले काम गर्ने पक्का भएको हो । यो सिनेमाको नाम ‘ह्दय भरी’ राखिएको छ । सिनेमामा पल शाहलाई महंगो रकममा अनुबन्धित गरिएको निर्माण टिमले जनाएको छ ।

यो सिनेमाको छायांकन चैत्रबाट हुनेछ । सिनेमाका लागि पलसँग रोमान्स गर्ने नयाँ नायिकाको खोजी भैरहेको छ । निर्देशक नाल्बोले भने हो, हामीले नयाँ नायिकाको खोजी गरिरहेका छौ । २० बर्ष माथिका र ५ फिट ३ इन्च भन्दा माथिको उचाई भएका यूवतीले हामीसँग सम्पर्क गर्न सक्नेछन् ।’ शाह प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको सिनेमालाई चन्दन शाह, सौरभ विश्वासको लगानी रहनेछ ।

यो सिनेमाका लागि नायक पल शाहले २० लाख रुपैयाँ पारिश्रमिक लिएको वुझिएको छ । केही समय सिनेमामा काम नगरेपनि पलले म्यूजिक भिडियोमा भने प्रशस्त काम गरेका छन् । रोमान्टिक कथामा बन्न लागेको सिनेमाको बजेट साढे २ करोड रहेको निर्देशक नाल्बोले बताएका छन् ।