पल र आँचल दार्जिलिङ पुग्दा फ्यानले के सम्म गरेनन् !

पल र आँचल दार्जिलिङ पुग्दा फ्यानले के सम्म गरेनन् !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – दार्जिलिङ पुलिसले आयोजना गरेको म्याराथनमा नेपालबाट मुख्य अतिथि बनेर पुगेका अभिनेता पल शाह र आँचल शर्मा त्यहाँका फ्यानले अत्याधिक माया देखाएका छन् ।

म्याराथनमा पल र आँचललाई हेर्नकै लागी भव्य भिड लागेको थियो । म्याराथनको कार्यक्रम स्टेजमा रहेका पललाई छुन दर्शक स्टेजनै चढेपछी डीएसपी सिद्धार्थ दोर्जी, ट्राफिक प्रहरी प्रमुख दोर्जे शेर्पा र सब-इन्स्पेक्टर मिलन गुरुङले ५० बढी पुलिस सुरक्षा दिदै पल र आँचललाई होटेलसम्म पुर्याएका थिए ।

पल बसेको होटेल दर्शकले लामो समयसम्म घेरिरहे पछी पल र आँचल फ्यानमाझ पुगेर सेल्फीमा रमाए । प्रहरीले असुरक्षा देखाउदै यो जोडीलाई फ्यान माझ जान दिईरहेको थिएन । तर, पलले दर्शक र फ्यानको कारणनै आफु यो ठाउँसम्म आईपुगेको भन्दै भिडमा जान तयार भएका थिए । दार्जिलिङमा पलका विशेष गरि केटि फ्यानहरु भेटीए ।

दुई दिनसम्म दार्जिलिङ बसेका पल र आँचललाई प्रहरीले कडा सुरक्षा दिएको बताईएको छ । दार्जीलिङ ट्राफिक पुलिसका अनुसार दार्जीलिङमा कुनै पनि कलाकार आउँदा यति धेरै सुरक्षा व्यवस्था पहिलो पटक दिईएको बताए । उनले भने ‘भारतीय कलाकार आउँदा पनि यस्तो सुरक्षा दिनुपरेको थिएन । पल र आँचलका फ्यान अत्याधिक फ्यानका कारण पनि यो अवस्था आएको हो ।’

पल र आँचल अभिनित ‘जोनी जेन्टलम्यान’ यहिँ वर्ष प्रदर्शनमा आएको थियो । उक्त कार्यक्रममा पल र आँचलका अलावा निर्देशक नितिन चन्द र निर्माता अजय मल्ल पनि पुगेका थिए ।