‘पर्व’लाई दर्शकद्वारा तारिफ, यस्तो छ व्यापारिक रिपोर्ट

‘पर्व’लाई दर्शकद्वारा तारिफ, यस्तो छ व्यापारिक रिपोर्ट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । यो साता सार्वजनिक भएको फिल्म ‘पर्व’ले दर्शकको राम्रो साथ पाउन सफल भएको छ । देशभरका ७७ ओटा हलमा प्रदर्शनरत फिल्मलाई दर्शकले रुचाएपछी निर्माण युनिट दंग छ ।

फिल्मको प्रस्तुतीलाई दर्शकले तारिफ गरेका छन् । लभस्टोरी फिल्म निर्देशन गर्दै आईरहेका निर्देशक दिनेश राउतले पहिलो पटक आफ्नो लय भन्दा बाहिरको जनरामा फिल्म निर्देशन गरेका थिए । जुन कुरालाई दर्शकले मन पराईदिए पछी निर्देशक पनी हर्षित छन् । ‘पहिलो पटक थ्रिल जनराको फिल्म बनाएको थिए । मनमा उत्सुकता थियो की, दर्शकबाट कस्तो प्रतिक्रिया आउँने हो भन्ने । अन्तत: उत्सुकताले सकारात्मक रुप लिईदिदा पक्कै पनि खुसी छु ।’ निर्देशकले बताए ।

‘पर्व’लाई मिलेको सकारात्मक प्रतिक्रियाले आउँदा दिनमा फिल्मले अझ राम्रो व्यापार गर्ने निर्माताद्वय सुवास गिरी र निकिता पौडेलले बताए । फिल्मको बारेमा दर्शक प्रतिक्रिया बुझ्न कलाकार नम्रता श्रेष्ठ, कोशिस क्षेत्री, माला लिम्बु र जेविका कार्की हलसम्म पुगेका थिए । राजधानीका मल्टीप्लेक्स र सिंगल स्क्रिनमा दर्शक प्रतिक्रिया बुझ्न पुगेका कलाकारहरु दर्शकको साथबाट हर्षित देखिएका थिए । राजधानी बाहिरबाट पनी फिल्मलाई राम्रो प्रतिक्रिया मिलिरहेको अभिनेत्री नम्रता श्रेष्ठले बताइन ।

फिल्मको अंकात्मक व्यापारिक रिपोर्ट आईसकेको छैन । पहिलो विकेन्डको समाप्तीमा फिल्मको कलेक्सन सार्वजनिक हुने बताइएको छ ।