पर्व’को भव्य प्रियिमर, उत्कृष्ट प्रस्तुतीको प्रशंसा

पर्व’को भव्य प्रियिमर, उत्कृष्ट प्रस्तुतीको प्रशंसा

द सिनेमा टाइम्स
0
Shares

काले दाई काले दाई’ बोलको गीतका कारण चर्चामा रहेको चलचित्र ‘पर्व’को काठमाण्डौको बिग मुभिजमा भव्य प्रिमियर गरिएको छ । जेठ १२ गते शुक्रबारबाट रिलिज हुने यो चलचित्रको प्रिमियरमा  सहभागि हुन बिहिबार बेलुकि बीग मुभिजमा चलचित्रकर्मी, पत्रकार, व्यवसायीहरुको भीड लागेको थियो ।

टीभी फिल्मी र सुवास इन्टरटेन्मेन्टले मिलेर बनाएको यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । निकिता पौडेल र सुवास गिरी यसका निर्माता हुन् ।

चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ । राजेश श्रेष्ठले खिचेको चलचित्रमा कोशिशकै कथा छ ।

चलचित्र ‘पर्व’ हेरिसकेपछि अधिकांश दर्शकले यसको कथावस्तु, प्रस्तुती, छायांकन र ब्याकग्राउन्ड म्यूजिक र निर्देशनको प्रशंसा  गरेका थिए ।
अधिकांशले चलचित्रको कथावस्तु नयाँ भएको भन्दै दर्शकलाई मुटु दरिलो बनाएर हलमा जान आग्रह गरे ।