पण्डितहरुको कथामा ‘पण्डित बाजेको लौरी’ बन्ने

पण्डितहरुको कथामा ‘पण्डित बाजेको लौरी’ बन्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अधृत फिल्मस् प्रालीको व्यानरमा निर्माण हुने सिनेमा ‘पन्डित बाजेको लौरी’ एक कार्यक्रमका विच घोषणा गरिएको छ । यो व्यानरबाट पहिलो पटक ‘पण्डित बाजेको लौरी’ बन्न लागेको हो । कार्यक्रममा व्यानरको पनि औपचारिक स्थापना भएको जानकारी दिईयो ।

भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिष्का पोख्रेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको मुख्य भूमिका रहने सिनेमालाई दीपक ओलीले निर्देशन गर्नछन् । भने, थमनकुमार भण्डारी (राज) र किशोर खड्काले मिलेर बनाउने छन् ।

एउटा सानो गाँउ भित्र पन्डित्याईको भिन्न भिन्न काम गर्ने पन्डितहरुको विषयमा बन्न लागेको सिनेमामा समाजका गहकिला समस्या र घटनालाई समेट्ने निर्देशकले जानकारी दिए । महेश दवाडीको कथा/पटकथा/संवाद रहने सिनेमा बिदुर गिरीको छायाँकन, मित्र टि गुरुङको सम्पादन, विक्रम स्वाँर/ दीपकमान सिंहको कोरियोग्राफी र श्रीकृष्ण बम मल्लअमित श्रेष्ठको संगीत रहनेछ ।