‘पन्चेबाजा’मा सौगात र जस्मिनको मादल घन्कियो !

‘पन्चेबाजा’मा सौगात र जस्मिनको मादल घन्कियो !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – फागुन ११ बाट अलनेपाल रिलीज हुने सिनेमा ‘पञ्चेबाजा’को ‘घिन घिन मादल…’ बोलको गीत रिलीज भएको छ । घनश्याम लामिछानेद्धारा निर्देशित सिनेमाका निर्माता राजेश शाही हुन ।

अञ्जु पन्त र डेविट शंकरले स्वर दिएको गीतमा बिकाश चौधरीको संगीत छ । सिनेमाका कथा/संवाद/ पटकथा लेखक प्रदीप भारद्वाजले यो गीत लेखेका हुन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा सिनेमाका मुख्य कलाकारहरु प्रस्तुत भएका छन् ।

सिनेमामा सौगात मल्ल, कर्मा, बुद्धि तामाङ, जस्मिन श्रेष्ठ, सिर्जना सुब्बा, प्रकाश घिमिरे लगायतका कलाकारको मुख्य भूमिका छ ।