‘पंचायत’ हेरेर के भने शिर्ष नेताहरुले ? (फोटोफिचर)

‘पंचायत’ हेरेर के भने शिर्ष नेताहरुले ? (फोटोफिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – चैत २ गतेबाट प्रदर्शन हुने सिनेमा ‘पंचायत’को भिआइपी रेड कार्पेट शो सम्पन्न भएको छ । राजधानीको कुमारी हलमा शुक्रबार सम्पन्न शोमा राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रह्यो ।

सिनेमा हेर्न पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), एमाले वरिष्ट नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनाल, नेकपा माओवादी केन्द्रका नेता, वर्षमान पुन, जनार्दन शर्मा, एमाले नेता योगेश भट्टराई, काँगेस नेता मिनेन्द्र रिजाल, उद्योगमन्त्री मातृकाप्रसाद यादव, पुर्व सभामुख ओनसरी घर्ति, माओवादी नेता नारायण दाहाल, काँगेस नेतृ उमा रेग्मी, प्रहरी अधिकारीहरु सर्वेन्द्रनाथ खनाल, रमेश खरेल, छविलाल जोशी, चलचित्र निर्माता नरेन्द्र महर्जन, प्रदिप कुमार उदय, आकास अधिकारी, सोभित बस्नेत जयकिशन बस्नेत लगायत कलाकार र पत्रकारहरुको सहभागिता थियो ।

‘पंचायत’ हेरेपछि सबैले राम्रो सिनेमा हेर्ने अवसर म्लेको प्रतिक्रिया दिए । प्रचण्डले भने ‘सिनेमाले २०३१ सालताकाको सामाजिक साँस्कृतिक चित्रण गर्न सफल भएको छ, कलाकारको प्रस्तुति राम्रो र प्रभावकारी छ ।’ उनले नाम, कथावस्तु र पात्रको प्रस्तुतिमा अलिकति अन्तरविरोध जस्तो देखिएको प्रतिक्रिया दिए ।
त्यस्तै झलनाथ खनालले सिनेमा यथार्थ, रोचक र मार्मिक भएको उल्लेख गरे । ‘सिनेमामा समाजको यथार्थ प्रतिबिम्व छ, विकृति विसंगति जुन ढंगले उजागर गरेको छ, बधाई छ ।’ खनालले भने ।
त्यस्तै सिनेमा हेरेका सबैले कथाबस्तु र कलाकारको प्रस्तुति नै राम्रो रहेको जोड दिए ।

गणेश गिरी, सुसान्त श्रेष्ठ र शंकर सुवेदीको लगानीमा बनेको सिनेमाको कार्यकारी निर्मातामा रवि अधिकारी छन् । शिवम अधिकारीको लेखन तथा निर्देशन रहेको सिनेमाको मुख्य भूमिकामा रहेका अभिनेता सरोज खनाल र अभिनेत्री नीता ढुंगानाले शिर्ष नेताहरुबाट तारिफ पाएकाले सहि सिनेमामा मेहनत गरेको महसुस भएको प्रतिक्रिया दिए ।

सरोज र नितासँगै सिनेमामा रुपा राना, गीता अधिकारी, गणेश गिरी, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ र रवि अधिकारीको समेत अभिनय छ ।