पलको सफलता प्रिभ्यु !

पलको सफलता प्रिभ्यु !

द सिनेमा टाइम्स
7
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । ‘नाइँ नभन्नु ल ४’बाट नेपाली सिनेमा यात्रा थालेका पल शाह अहिलेका चर्चित अभिनेता हुन् । म्युजिक भिडियो हुँदै सिनेमामा पाईला चालेका पलले यो वर्ष ‘म यस्तो गीत गाउँछु’ हिट दिईसकेका छन् ।

अब, भदौ ३० गते रिलिज हुने ‘जोनी जेन्टलम्यान’को नजिता पर्खीरहेका पलका लागि यो सिनेमा चल्न अति आवश्यक छ । किनकी, वर्षको सुरुवात राम्रो गरेका पलको यो सिनेमा हिट भयो भने वर्षकै चर्चित अभिनेता बन्नेछन् । पछिल्लो समय भित्रिएका चकलेटी लूक्सका अभिनेताले वर्षमा एउटा मात्र सिनेमा खेलीरहेका छन् । जुन सिनेमा सफल हुँदा उनिहरु शतप्रतिशत सफल भएको मान्न सकिन्छ ।

अब, ‘म यस्तो गीत गाउँछु’बाट शतप्रतिशत सफलता हाँसिल गरेका पलको ‘जोनी जेन्टलम्यान’को सफलता/असफलताले प्रतिशतमा उतार-चढाव ल्याउनेछ । यदि यो सिनेमाले राम्रो व्यापार गर्न नसके पलको सफलता शतको केहि  प्रतिशतमा गिरावट हुनेछ । यदि सफल भएमा उनको स्टारडम हिसाव किताबमा मात्र नभएर करियरमा पनि प्लस पोइन्ट हुनेछ । साथै पलले हिट सिनेमाको दौडमा ह्याट्रिक समेत गर्नेछन ।

गीत/संगीत र ट्रेलरका कारण चर्चामा रहेको ‘जोनी जेन्टलम्यान’ बक्सअफिसमा प्रतिक्षित छ । यो सिनेमामा पलले दोस्रो पटक आँचल शर्मासँग स्क्रिन शेयर गरेका छन् । नितिन चन्द निर्देशित सिनेमामा एनड्रिउ पौडेल र अजय मल्लको निर्माण छ ।

तस्विर: पल शाहको फेसबुक प्रोफाइलबाट