प्रियंका चोपडाले निमार्ण गरेको नेपाली सिनेमा ‘पाहुना’को रिलिज डेट घोषणा !

प्रियंका चोपडाले निमार्ण गरेको नेपाली सिनेमा ‘पाहुना’को रिलिज डेट घोषणा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टामइम्स, काठमाडौं – बलिउड अभिनेत्री प्रियंका चोपडा र उनकी आमा मधु चोपडाले निर्माण गरेको नेपाली सिनेमा ‘पाहुना: द लिटिल भिजिटर्स’को रिलिज डेट फाइनल गरिएको छ । सिनेमाको नयाँ पोस्टर रिलिज गर्दै अभिनेत्री प्रियंका चोपडाले सिनेमाको रिलिज डेट घोषणा गरेकी हुन् । अब यो नेपाली सिनेमा मंसिर २१ अर्थात डिसेम्बर ७ तारिकबाट नेपाल तथा भारतमा रिलिज हुनेछ ।

‘पाहुना’लाई प्रियंका चोपडा र उनकी आमा मधु चोपडाको ब्यानर पर्पल पेबल पिक्चर्स द्वारा निर्माण गरिएको हो । भने यो सिनेमालाई पाखी ए टायरवालाले निर्देशन गरेकी हुन् । सिनेमाको कहानी तीन नेपाली बच्चाको वरिपरि घुमेको छ, जो आफ्नो अभिभावकबाट विछडिएका छन् । सिनेमाले नेपालमा माओवादी आन्दोलनबाट बचेर सिक्किम पुगेका बच्चाको कथा वाचन गरेको छ ।

जर्मनीमा गएको महिना सम्पन्न ‘श्लिंगेल इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिवल’ मा ‘पाहुना’ले अन्तर्राष्ट्रिय फिचर फिल्म श्रेणीमा बेस्ट सिनेमा ‘जुरी च्वाइस’ र स्पेशल मेन्सन बाई प्रोफेशनल जुरी अवार्ड जितेको थियो । सिनेमा गएको वर्ष टोरोन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा वर्ल्ड प्रिमियर गरिएको थियो ।