‘पद्मावती’ रिलिज गर्न ६ महिनाको समयसिमा

‘पद्मावती’ रिलिज गर्न ६ महिनाको समयसिमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – डिसेम्बर १ मा रिलिज हुने भनिएको सिनेमा ‘पद्मावती’ राजकरणी सेना र राजपुत संगठनले गरेको विरोधका कारण अनिश्चित रुपमा रोकियो । सिनेमामा राजपुतन इतिहाँसलाई सत्यता विपरित प्रस्तुत गरिएको आरोप छ ।

संजयलीला भन्साली निर्देशित सिनेमाले अहिलेसम्म रिलिजको टुंगो पाउन सकेको छैन । दर्शक पनि सिनेमाको व्यग्र प्रतिक्षामा छन् । दर्शकको व्यग्रतालाई मध्येनजर गर्दै विवाद सुल्झाउन र रिलिज गर्न ६ सदस्यीय टोली गठन गरिएको छ । यो टोलीमा इतिहाँसविद र राजघरानका व्यक्ति सम्हिलित छन् ।

रिपोर्टका अनुसार सिबिएफसीका चियरम्यान प्रसून जोशी ‘मेवाड़’ राजखानदानका विश्वराज सिंहले सिनेमा हेर्ने चाहना व्यक्त गरेका छन् । उनिहरुलाई सम्भवत: ७ जनवरीमा सिनेमा देखाइने बताइएको छ । यहिँ सदस्यले ६ महिना भित्र सिनेमा रिलिज गर्ने या नगर्ने भन्ने फैसला गर्नेछन् ।

जागरण अनलाइनका अनुसार यो सिनेमा हेर्न सेन्सर बोर्डले जयपुरबाट दुई इतिहाँसविद विएल गुप्ता र आरएस खनजरोतलाई पनि निमन्त्रणा पठाएको छ । विएल गुप्ता राजस्थान विश्वविद्यालयका प्राध्यापक हुन् । जसले भारतसँग सम्वन्धित थुप्रै किताब लेखेका छन् । त्यस्तै आरएस खनजरोत यहिँ विद्यालयका ‘प्रिन्सिपल’ हुन् ।

मिडियासँग कुरा गर्ने क्रममा खनजरोतले भने ‘सिनेमासँग जोडिएको यो विवाद करणी सेना र संजयलीला भन्साली विच मात्र होइन, की भन्साली र इतिहाँसको विच पनि हो । एक पटक सिनेमा त हेरौ अनि थाहा हुनेछ ‘पद्मावती’ले इतिहाँसको उलंघन गरेको छ कि छैन ?’ त्यस्तै गुप्ताले भने ‘आर्टिस्टिक फ्रिडम’ त छ, तर इतिहाँसलाई दाउमा लगाउन भने सकिदैन ।’

सिनेमामा रणवीर सिंह, दीपिका पादुकोण, साहिद कपूरको मुख्य भूमिका छ । विवादको बारेमा ३० नोभेम्बरमा भारतीय संसद भवनमा पनि छलफल भएको थियो । विवादको बारेमा अहिलेसम्म सिनेमाका कुनै पनि कलाकारले मुख खोलेका छैनन् ।