‘पद्मावती’ होला त रिलिज ? यस्ता छन् राजपुतनका माग !

‘पद्मावती’ होला त रिलिज ? यस्ता छन् राजपुतनका माग !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड सिनेमा ‘पद्मावती’ घोषणा भएदेखि नै निर्देशक संजयलीला भन्सालीले बिभिन्न तनाव लिईराख्नु परेको छ । रिलिजको मिति नजिकिदै गर्दा ‘पद्मावती’सँग असन्तुष्टि व्यक्त गरिरहेका ‘राजपुत समुदाय’ले सजिलै सिनेमा रिलिज हुन् नदिने छनक देखाएका छन् ।

यो पिरियड ड्रामा राजपुतकी प्रभावशालि रानी ‘पद्मिनी’को प्रेमकथामा आधारित छ । सिनेमामा दीपिका पादुकोण ‘पद्मिनी’, साहिद कपूर ‘राजा रत्नरावल’ र रणवीर सिंह ‘अलाउद्दीन खिलजी’को भूमिकामा छन् । सिनेमा विवादमा तानिनुको कारण सिनेमा भित्र समावेश रानी ‘पद्मिनी’ र अलाउद्दीन खिलजीको ‘ड्रिम सिन’नै हो ।

राजपुतहरु चाहन्छन उक्त सिन सिनेमाबाट हटाइयोस । किनकी, ‘पद्मिनी’ र अलाउद्दीनको कहिले पनि भेट भएको थिएन । राजपुत महिलाहरुको प्रेरणाको स्रोत  रहेकी ‘पद्मिनी’लाई ‘अलाउद्दीन’ जस्तो क्रुर, हिंस्रक शासकसँग जोड्नुले राजपुत महिलाहरुको प्रेरणामा धक्का पर्ने राजपुतनहरुको गुनासो छ  ।

आइतबार २५ जनाको राजपुत टोलिले निर्देशक भन्सालीको अफिस अगाडी विरोध गरेका थिए । साथै, हरियाणाका मन्त्री विपुल गोयलले मन्त्री स्मृति ईरानी र निर्देशक भन्सालीलाई पत्र लेखेका छन् । पत्रमा उनले की त सिनेमा रिलिजमा रोक लगाउनु पर्ने होइन भने ‘पद्मिनी’ र ‘अलाउद्दीन’ खिलजी बीचको ‘ड्रिम सिन’ हटाउनुपर्ने माग गरेका छन् ।

उता भन्सालीले सिनेमामा उक्त ‘ड्रिम सिन’ नरहेको र  रानी ‘पद्मिनी’को व्यक्तित्वमा आँच आउने कुनै पनि सिन समावेश नगरिएको भिडियोद्वारा जानकारी दिएका थिए । तर, पनि राजपुत समुदायले ‘पद्मावती’मा ‘पद्मिनी’को प्रकिति विपरित सिनेमामा प्रस्तुत गरेको आरोप लगाईरहेका छन् ।

त्यसैले यो समस्या सुल्झाउन भन्सालीले नयाँ कदम अगाडी सारेका छन् । अब, ‘अखण्ड राजपुतन सेवा संघ’लाई सेन्सर पुर्व ‘पद्मावती’ देखाईनेछ । ‘अखण्ड राजपुतन सेवा संघ’ले सिनेमा हेरे पश्चात रिलिजको लागि निर्णय गर्नेछ । सिनेमा १५ देखि १८ नोभेम्बरको विचमा ‘स्क्रिनिङ’ गरिनेछ । सिनेमा डिसेम्बर १ मा रिलिज हुने तरखरमा छ ।