पद्मावती: नयाँ पोस्टर, तर किन रिलिज डेट नोभेम्बर ३० ?

पद्मावती: नयाँ पोस्टर, तर किन रिलिज डेट नोभेम्बर ३० ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडमा अहिले चर्चा छ त केवल ‘पद्मावती’को । पोस्टर, ट्रेलर, गीत सबै हिट बनेपछी अब सिनेमाबाट पनि त्यस्तै आशा गरिएको छ ।

‘पद्मावती’को बारेमा एउटा ताजा खबर छ ।   खबर हो ‘पद्मावती’को दीपिका फिचरिङ नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा दीपिकाको अवतार काफि हेर्नलायक देखिएको छ । त्यो सँगै आश्चर्यमा पार्ने कुरा त पोस्टरमा दिईएको रिलिज डेट नोभेम्बर ३० !

डिसेम्बर १ मा रिलिज हुने सिनेमाको पोस्टरमा नोभेम्बर ३० लेखीएपछी तपाईलाई सिनेमाको ‘प्रिपोन्ड’बारे शंका लाग्न सक्छ । तर, त्यसो होइन । यो डेट सिनेमाको अन्तर्राष्ट्रिय रिलिजको लागि हुनेछ । भारतमा सिनेमा डिसेम्बर १ मै रिलिज हुनेछ । अन्तर्राष्ट्रिय रिलिजको नयाँ मिति तोकिए पनि कुन-कुन देशमा रिलिज हुने त्यो चाहि बताईएको छैन । यो सिनेमालाई हलिउड स्टुडियो ‘प्यारामाउन्ट’ले भारत भन्दा बाहिर वितरण गर्दैछ ।

संजयलीला भन्साली निर्देशित सिनेमामा दीपिकाका अलावा रणवीर सिंह र साहिद कपूरको मुख्य भूमिका छ । बलिउड सिनेमाको इतिहाँसमा सर्वाधिक महँगो यो सिनेमा थ्रीडीमा समेत रिलिज हुनेछ ।