अक्षयलाई झट्का, चलेन ‘प्याडम्यान’

अक्षयलाई झट्का, चलेन ‘प्याडम्यान’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – निक्कै प्रचारका साथ प्रदर्शनमा आएको बलिउड सिनेमा ‘प्याडम्यान’ले समिक्षक र दर्शकबाट राम्रै तारिफ बटुल्यो ।

सिनेमामा उठाईएको विषयबस्तुलाई दर्शकले रुचाए । तर, बक्सअफिसमा भने ‘प्याडम्यान’ असफल भएको छ । यसले निर्मातालाई सुरक्षित गर्न नसकेको भारतीय मिडियाहरुले लेखेका छन् ।

पहिलो साता राम्रै कलेक्सन गरेको सिनेमा, दोस्रो सातामा आएर घुडा टेक्न बाध्य भएको छ । यसको दोस्रो साताको कमाई चौथों सातामा प्रदर्शनरत ‘पद्मावत’सँग समान छ ।

पहिलो शुक्रबार १० करोड २६ लाख कलेक्सन गरेको ‘प्याडम्यान’ले दोस्रो शुक्रबार २ करोड १० लाख मात्र कमाउन सक्यो । चौथों शुक्रबार ‘पद्मावत’को कलेक्सन १ करोड ७५ लाख छ ।

पहिलो विकेन्डमा ४० करोड कमाएको ‘प्याडम्यान’ले दोस्रो विकेन्डमा २० करोडसम्म कमाउने अनुमान गरिएको थियो । तर, दोस्रो विकेन्डको कलेक्सनमा यसरि गिरावट आयो, यसले १० करोड पनि कमाउन सकेन । यसको दोस्रो विकेन्ड कलेक्सन जम्मा ९ करोड छ ।

७० करोड माथिको बजेटमा निर्माण भएको सिनेमाले १० दिनमा जम्मा ७१ करोड ९० लाख कलेक्सन गरेको छ । सिनेमाले हिट ट्याग पाउन कम्तिमा ९५ करोड माथिको व्यापार गर्नु पर्ने हुन्छ । तर, त्यो सम्भावना नरहेको भारतीय मिडिया लेखेका छन् ।

यसअघि अक्षय कुमारका पाँच सिनेमा ‘एअरलिफ्ट’, ‘हाउसफुल ३’, ‘रुस्तम’, ‘जोली एलएलबी २’ र ‘ट्वाइलेट- एक प्रेम कथा’ले बक्सअफिसमा सय करोडको आँकडा पार गरेका थिए । ‘प्याडम्यान’ पनि सय करोड क्लबमा सजिलै इन्ट्री हुने अनुमान गरिएको थियो । अब त्यो पनि फेल खाएको छ ।