हाईलाइट्सबाट हटाईएको ‘ओखती’ सिनेमा आर्टमा !

हाईलाइट्सबाट हटाईएको ‘ओखती’ सिनेमा आर्टमा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – पौष २८ गतेबाट अलनेपाल रिलीज हुने सिनेमा ‘मिस्टर झोले’को ‘ओखती’ बोलको गीत अहिले चर्चामा छ । त्यसैले केहि साता अगाडी निर्माण टिमले भारी पुरस्कार राशिसहितको ‘ओखती…’ कभर भिडियो प्रतिस्पर्धा आव्हान गरेको थियो ।

तर, ‘ओखती…’ कभर भिडियो प्रतिस्पर्धाले चर्चा कमाउँदै गर्दा हाईलाइट्स नेपालले यसको भिडियो युट्युबबाट हटाईदियो । यसको असर कभर भिडियो प्रतिस्पर्धालाई पर्यो ।

अन्तत: सिनेमा निर्माण कम्पनि सिनेमा आर्टले आफ्नो युट्युब च्यानलबाट ‘ओखती…’को लिरिकल भिडियो अपलोड गरेको छ । अब प्रतिस्पर्धामा भाग लिन चाहनेले ‘सिनेमा आर्टस’को युट्युब च्यानलबाट अडियो डाउनलोड गर्न सक्नेछन ।

रामबाबु गुरुङ निर्देशित सिनेमामा दयाहाङ र दियाका अलावा वर्षा राउत, बुद्दी तामाङ, पुस्कर गुरुङ, अरुणा कार्की, विजय बराल लगायतका कलाकारको अभिनय छ । सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनको व्यानरमा सिनेमालाई टेकेन खड्काले निर्माण गरेका हुन् । ‘मिस्टर झोले’मा रौनकविक्रम कँडेल कार्यकारी निर्मातामा रहेका छन् ।