निर्जलाको दशैं गीत रिलिज

निर्जलाको दशैं गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – असोज १९ गतेबाट रिलिज हुने सिनेमा ‘निर्जला’को दशैं गीत सार्वजनिक गरिएको छ । यस पालीको दशैंमा बोलको सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार शुभेच्छा थापा, किशोर खतिवडा, निक शर्मालाई फिचर्ड गरिएको छ । नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरेर सिनेमाको गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा बाबुल गिरीको संगीत, दिनेश सुवेदीको शब्द रहेको गीतमा बाबुल गिरी र सुजाता बर्माको स्वर रहेको छ । उक्त गीतलाई बिहिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो । ‘निर्जला’का निर्माता प्रकाशचन्द्र न्यौपानेले सिनेमाको यसअघि सार्वजनिक ‘भाले मोटर’ गीतलाई झैं यो गीतलाई पनि रुचाउनेमा विश्वस्त देखिए ।

निर्देशक राजु गिरीले आफुले यसअघि निर्देशन गरेका सिनेमा भन्दा ‘निर्जला’ भिन्न रहेको बताए । उनले भने यो नारी प्रधान सिनेमा हो । यो सिनेमामा कुनै पनि भल्गर दृश्य छैनन् । यस पटक आफुले सम्पुर्ण परिवार बसेर हेर्न मिल्ने सिनेमा निर्माण गरेको दाबी गरे ।

सिनेमामा किशोर खतिवडा, शुभेच्छा थापा र निक शर्माका अलवा श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापा, राजेन्द्र गिरी, भीम खनाल लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । यस्तै सिनेमामा अशोक खड्काको द्वन्द्व, कमल राईको नृत्य तथा रवि कोइरालाको छायांकन रहेको छ ।