हेमराजको सिनेमामा साम्राज्ञी फाइनल , बाधिने भयो प्रदिपसँग जोडी

हेमराजको सिनेमामा साम्राज्ञी फाइनल , बाधिने भयो प्रदिपसँग जोडी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमामा टाइम्स, काठमाडौं – यतीबेलाकी डिमान्डेड स्टार अभिनेत्री साम्राग्री राज्यलक्ष्मी शाहले नयाँ सिनेमामा काम गर्ने फाइनल भएको छ ।श्रोतले दिएको जानकारी अनुसार निर्माण टिम र साम्राज्ञीबिच शुक्रबार साँझ लिखित रुपमा कागजी सम्झौता भएको हो । यो सिनेमामा निर्देशक हेमराज बिसीले साम्राज्ञीलाई पुनम गौतमले निर्माण गर्ने नयाँ सिनेमामा पाएको पारिश्रमिक भन्दा बढि पारिश्रमिक दिएको श्रोतले जनाएको छ ।

यो सिनेमाको लागी हेमराजले केही समय पहिले नै नायक प्रदीप खड्कालाई फाइनल गरिसकेका थिए । अब दर्शकले लामो समयको प्रतिक्षा पश्चात प्रदीप खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडी पर्दामा हेर्न पाउने भएका छन् । श्रोतका अनुसार यो सिनेमाको छायांकन अर्को बर्षको बैशाखबाट सुरु हुने छ ।