सुशान्तको सिनेमामा बरुण र जाहन्वीको रोमान्स

सुशान्तको सिनेमामा बरुण र जाहन्वीको रोमान्स

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – बलिउड अभिनेत्री जाहन्वी कपुरलाई डेब्यु सिनेमा धडकले व्यस्त नायिका बनाई दिएको छ । अहिले उनलाई बिग बजेड सिनेमाबाट अफर आउन थालेका छन् । जाहन्वीले धडक पश्चात करण जोहरको सिनेमा तख्त साइन गरि सकेकी छन् । भने उनी अब अर्को नयाँ सिनेमामा पनि काम गर्ने भएकी छिन् ।

जाहन्वी निर्देशक शशांक खेतानको नयाँ सिनेमामा गर्दैछिन् । थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि नायक बरुण धवन फाइनल भएको भारतीय मिडियाले लेखेका छन् । अब, यो सिनेमाका लागि नायिकाको रुपमा जाहन्वी कपुरलाई अफर गरिएको छ । जाहन्वीले यो भूमिका निर्वाहा गर्न सक्ने भएकाले पनि उनलाई अफर गरिएको वुझिएको छ ।

यो सिनेमाको हाल कथामा काम भैरहेको छ । अर्को बर्षबाट सिनेमाको छायांकन सुरु गर्ने योजनामा निर्देशक छन् । जाहन्वीले सिनेमामा काम गरेको खण्डमा उनलाई सिनेमाको पर्दामा दर्शकले स्टन्ट गर्दै गरेको अवस्थामा देख्न पाउने भारतीय मिडियाले उल्लेख गरेका छन् ।