रोहितको ‘नेप्टे’बाट तेस्रो गीत सार्वजनिक

रोहितको ‘नेप्टे’बाट तेस्रो गीत सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – चैत ३० गते प्रदर्शन हुने सिनेमा ‘नेप्टे’को तेस्रो गीत सार्वजनिक भएको छ । ‘आँखा छ चिम्रो…’ बोलको गीतमा रोहित रुम्बा, बुद्दी तामाङ, अर्जुन लामा र पुर्णिमा लामा फिचरिङ छन् ।

यसअघि सिनेमाका दुई गीत र ट्रेलर सार्वजनिक भैसकेका छन् । जसको प्रतिक्रियाबाट निर्माण पक्ष उत्साहित छ । त्यस्तै यो गीतबाट पनि राम्रो प्रतिक्रिया पाउनेमा निर्माण पक्ष आशावादी छ ।

निर्माता तथा कलाकारसमेत रहेका रोहितले यो गीतको शब्द/संगीत तयार गरेका हुन् । भिषण राई र दीपा लामाको स्वर रहेको गीतमा कविराज गहतराजले कोरियोग्राफी भरेका छन् ।

गीतमा देखिएका कलाकारका अलावा सिनेमामा दयाहाङ राई. छुल्ठिम गुरुङ, प्रनिशा सिलवालको मुख्य भूमिका छ । आर रोशफी फिल्मसको व्यानरमा रोहित रुम्बाले निर्माण गरेको सिनेमामा बाबू बोगटी/सन्तोष राज/रोहित रुम्बाको संगीत, कविराज गहतराजको कोरियोग्राफी, हरिघले लामाको छायाँकन, रोशन श्रेष्ठको एक्सन, रोहित रुम्बाको कथा र तारा थापा (किम्भे)को सम्पादन रहेको छ ।