‘संरक्षण’को मोफसल दौडाह सुरु, नारायणगढमा हुनेछ प्रिमियर

‘संरक्षण’को मोफसल दौडाह सुरु, नारायणगढमा हुनेछ प्रिमियर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । साउन २७ गते प्रदर्शनमा आउँन लागेको सिनेमा ‘संरक्षण’ले मोफसल दौडाह सुरु गरेको छ । पुर्वको बिर्तामोडबाट सुरु गरेको मोफसल दौडाह दमक, धरान, जनकपुर, बिरगंज, हेटौडा, पोखरा, बुटवल हुँदै नारायणगढ आएर मोफसल टुर सकिनेछ ।

यो दौडाहमा सिनेमा सम्वन्धि जानकारी दर्शक माँझ पुर्याउदै निर्माण टिमले नारायणगढमा बुधबार सिनेमाको प्रिमियर शो सम्पन्न गर्नेछ । मोफसल टुरमा सिनेमाका कलाकारहरुले दर्शकसँग सक्षात्कार गर्नेछन । ट्रेलर, पोस्टर र गीतले गर्दा ‘संरक्षण’ पछिल्लो समय चर्चामा रहेको सिनेमा हो ।

पुर्णेन्दु झा निर्देशित सिनेमाले मधेश राजनीतिको कथा भन्छ । यो सिनेमामा निखिल उप्रेती, सौगात मल्ल, अशिष्मा नकर्मी, मलिना जोशी, रमेश रंजन, प्रमोद अग्रहरी, कामेश्वर चौरसिया लगायतका कलाकारको अभिनय छ । सिनेमामा  प्रदिपकुमार उदय, नन्दु श्रीवास्तव र स्वेता शाह लगायतको पनि लगानी छ ।