प्रेमकथाको ‘रानी’मा अनुपविक्रमको भूमिका के ? (टिजर)

प्रेमकथाको ‘रानी’मा अनुपविक्रमको भूमिका के ? (टिजर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । दयाराम दाहाल निर्देशित सिनेमा ‘रानी’को टिजर सार्वजनिक गरिएको छ ।

सार्वजनिक ट्रेलरमा त्रिकोणात्मक प्रेमकथाको भाव देखाईएको छ । याम थापाको लेखन रहेको सिनेमामा अनुपविक्रम शाही, मलिना जोशी, सरुक ताम्राकार, मनिष सुन्दर श्रेष्ठ, सुशन खड्का लगायतका कलाकारको अभिनय छ ।

रिलिज मिति तय नभैसकेको सिनेमामा विजय घिमिरे/निखिता थापाको संगीत, बब्बु थापा/ शिशिर खतिको कोरियोग्राफी, अर्जन जिसीको सम्पादन छ । भानु महर्जनले प्रस्तुत गरेको सिनेमामा बिमलमान बुभाजुको लगानी रहेको छ ।