सारुक र मनिषसँग मलिनाको रोमान्टिक पल (भिडियो)

सारुक र मनिषसँग मलिनाको रोमान्टिक पल (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । दयाराम दाहाल निर्देशित सिनेमा ‘रानी’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘भन भन…’ बोलको रोमान्टिक गीतमा नव-कलाकार सारुक ताम्राकार, मनिषसुन्दर श्रेष्ठ र अभिनेत्री मलिना जोशीको प्रेम देखाइएको छ ।

विजय घिमिरेको शब्द/संगीत रहेको सिनेमामा निकिता थापा र संगीतकार स्वयम्कै स्वर समावेश छ । भानु महर्जनको प्रस्तुतिमा विमलमान गुभाजुले निर्माण गरेको सिनेमा कार्तिक २ गते रिलिज हुदैछ । सिनेमामा गीतमा फिचरिङ कलाकारका अलावा अनुपविक्रम शाहीको पनि मुख्य भूमिका छ ।