चार दशक अगाडीको कथामा बनेको ‘पञ्चायत’को टिजर रिलिज

चार दशक अगाडीको कथामा बनेको ‘पञ्चायत’को टिजर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । करिब ४ दशक अगाडीको कथामा निर्माण भएको फिल्म ‘पञ्चायत’को टिजर सार्वजनिक गरिएको छ । सरोज खनाल र निता ढुंगाना अभिनित फिल्मको टिजरमा राजतन्त्रको दृश्य पनि समावेश गरिएका छन् ।

२०३१ सालको कथा देखाइएको टिजरमा निता ढुंगाना र सरोज खनालले मौनतामा पिडा पोखिरहेको देख्न सकिन्छ । फिल्मको रिलिज मिती फागुन १८ लाई तोकिएको छ । संचारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्मलाई गणेश गिरीको प्रस्तुतीमा सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन् ।

शिवम् अधिकारीको निर्देशनमा बनेको फिल्ममा रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठको पनि अभिनय रहेको छ | टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका हुन्।