दयाहाङ र केकीको ‘घामपानी’ अब अस्ट्रेलियामा

दयाहाङ र केकीको ‘घामपानी’ अब अस्ट्रेलियामा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । नेपालको प्रदर्शन पछी अब फिल्म ‘घामपानी’ अस्ट्रेलिया प्रदर्शन हुने भएको छ । ‘घामपानी’ मे १३ का दिन सिड्नीको बरुउडमा रहेको ईभेन्ट सिनेमा घरमा प्रदर्शन हुनेछ । लामो समयदेखी फिल्म पत्रकारिता गर्दै आएका दिपेन्द्र लामा यस फिल्मका निर्देशक हुन् ।

लामाले यसअघि फिल्म ‘नागबेली’को लेखन कार्य गरेका थिए । नेपाल रिलिजबाट फिल्मले राम्रो प्रतिक्रिया पाएको थियो । फिल्ममा दयाहांग राई र केकी अधिकारीको मुख्य भूमिका छ । फिल्मको सिड्नी शो ‘डी एम लिगल’ प्रस्तुतीमा ‘हो र होइन होला’ले आयोजना गरेको हो । शो पार्टनरको ‘ईपी माईगेर्सन’ रहेको छ ।