फ्राइडे रिलिजमा रेखा, छुल्ठिम र सन्नीको ‘डायरी’

फ्राइडे रिलिजमा रेखा, छुल्ठिम र सन्नीको ‘डायरी’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । अभिनेत्री छुल्ठिम गुरुङको निर्माणमा बनेको फिल्म ‘डायरी’ आज शुक्रबारबाट देशैभर प्रदर्शनमा आएको छ । अनिल योन्जनको निर्देशन रहेको फिल्मले रिभेन्ज लभस्टोरी बोल्छ ।

फिल्म देशभरका ८० बढी हलबाट प्रदर्शनमा आएको हो । राजधानी बाहिरका ६५ र उपत्यकामा दुई दर्जन बढी हलमा प्रदर्शन भैरहेको एफडी कम्पनीले बताएको छ । ट्रेलर रिलिज भएसंगै चर्चामा रहेको फिल्ममा रेखा थापा पहिलो पटक भिलेनको भूमिकामा देखा परेकी छन् । फिल्मबाट सन्नी सिंहले पहिलो पटक नेपाली फिल्मी क्षेत्रमा पाईला टेकेका छन् ।

शिवराज श्रेष्ठको सिनेम्याटोग्राफी रहेको फिल्ममा राजकुमार उप्रेतीको द्धन्द्ध निर्देशन छ । फिल्मको कथा लेखन छेतेन गुरुङको हो ।